HomeBreakingआफ्नै श्रीमतीलाई खुकुरी प्रहार गर्ने श्रीमान पक्राउ

आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गर्ने श्रीमान पक्राउ

पोखरा, २६ भदौँ ।

पोखरा महानगरपालिका वडा नम्बर ८ बगालेले टोलमा खुकुरीको प्रहारबाट एक महिलाको मृत्यु भएको छ । अन्दाजी ४५ वर्षीय राधिका कुँवरलाई आफ्नै श्रीमान जरसिंह कुँवरले खुकुरी प्रहार गरेका हुन् । सामान्य पारिवारिक घर झगडा हुँदा एक्कासी घाँटीमा खुकुरी प्रहार गरेको स्थानीयहरुले बताएका छन् ।

‘भर्खर घर बाहिर हुनुहुन्थ्यो, हामीसँग गफ पनि गर्नुभयो । एकछिन बाइकमा कहाँ गएर आउनुभयो । त्यसपछि घर जानुभएको थियो । एक्कासी हत्या भयो भनेर सुनियो,’ स्थानीय एक २७ वर्षीय युवाले भने, ‘घटना घटेको पत्यार नै लागेको छैन । रक्सी खान छाडेको धेरै भएको थियो । के विषयमा विवाद हो थाहा भएन ।’

कास्की प्रहरीले हत्यारा जरसिंहलाई नियन्त्रणमा लिएको जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments