पोखरा, ०१ असोज ।
पोखरावाट एक जना पुरुष हराएका छन् । कास्की जिल्ला माछापुच्छे« गाउँपालिका वडा नं. ५ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. १९ लामाचौर बस्ने २३ वर्षिय सुवास लामिछाने भदौँ ३० गतेदेखि हराएका हुन् ।
कालो वर्ण, उचाई अन्दाजी ५ फिट ५ ईन्च मोटो शरिर भएका लामिछाने अहिले सम्म कसैको सम्पर्कमा नआएको हुदाँ देख्नुहुने र भेट्नुहुनेहरुले नजिकैको प्रहरी कार्यालय वा निजका आमा ४७ वर्षिय सावित्री लामिछानेलाई ९८४६४१२९६४ मा सम्पर्क गरिदिनहुन हार्दिक अनुरोध गरिन्छ ।
