Homeगण्डकी प्रदेशपोखरा महानगरले माग्यो ४८ जना नगर प्रहरी

पोखरा महानगरले माग्यो ४८ जना नगर प्रहरी

पोखरा, १२ चैत ।

पोखरा महानगरपालिकाले ४८ जना नगर प्रहरी माग गरेको छ । महानगरले चैत २७ गतेसम्म दरखास्त दिन पाउने गरी आइतबार सूचना प्रकाशन गरेको हो ।

नगर प्रहरीमा दरखास्त दिन १८ वर्ष पूरा भई ३० वर्ष ननाघेको र नेपाल सरकार वा अन्य सुरक्षा सेवाबाट निवृत्तको हकमा ३७ वर्ष ननाघेको हुनुपर्ने महानगरको सूचनामा उल्लेख छ ।

महानगरले खुलातर्फ २७, महिला ४, आदिवासी जनजाति ७, मधेशी ६, दलित ३ र पिछडिएको क्षेत्रअन्तर्गत एकजनाको विज्ञापन प्रकाशन गरेको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments