HomeBreaking१४ वर्षीया नाबालिग यौन दुर्व्यवहार आरोपमा बालक पक्राउ

१४ वर्षीया नाबालिग यौन दुर्व्यवहार आरोपमा बालक पक्राउ

पोखरा, ०५ चैत्त ।

१४ वर्षीय एक नाबालिकलाई यौन दुरुपयोग गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले एक जना बालकलाई पक्राउ गरेको छ ।

मामाको छोराले यौनजन्य नामबाट बोलाउँदै दुव्र्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन् ।

‘सुरुमा त भाइ हो भन्ने सोचेर मैले उसलाई माफ गरें । उसलाई सुध्रिने मौका दिनुपर्छ भन्ने लाग्यो,’ नी नाबालिकाले लेखेकी थिइन्, ‘उसलाई मैले नामले नबोलाउन अनुरोध गरें । तर, सुधार भएन ।’

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बालिकाले आफूमाथि भएको घटना सामाजिक सञ्जालमा अपलोड गरेको घटना सार्वजनिक गरेपछि आफूहरुले अभिावकसँग सम्पर्क गरेको सुनाए ।

‘पीडित पक्षबाट बाल यौन दुरुपयोग शीर्षकमा जाहेरी दिएपश्चात कानुनको विवादमा परेका बालकलाई नियन्त्रणमा लिइएको छ,’ उनले भने ।

पक्राउ परेका बालकलाई बाल यौन दुरुपयोग मुद्दामा जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments