Homeदेशपूर्व अध्यक्ष पाठकलाई परेको मातृशोकप्रति मञ्चद्वारा शोक व्यक्त

पूर्व अध्यक्ष पाठकलाई परेको मातृशोकप्रति मञ्चद्वारा शोक व्यक्त

पोखरा, ०४ फागुन ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व अध्यक्ष केशव पाठककी ममतामयी माताको निधनप्रति नेपाल खेलकुद पत्रकार मञ्चले शोक व्यक्त गरेको छ । बिहीबार पूर्व अध्यक्ष पाठककी माता नैनकुमारी पाठकको ८० वर्षको उमेरमा आफ्नै निवासमा भएको निधन प्रति मञ्चले एक विज्ञप्ती जारी गर्दै गहिरो दुःख व्यक्त गरेको हो ।

मञ्चका महासचिव राजाराम पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा ‘नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व अध्यक्ष केशव पाठककी ममतामयी माता नैनकुमारी पाठकको ८० वर्षको उमेरमा भएको असामयिक निधन भएको दुःखद खबरले नेपाल खेलकुद मञ्च गण्डकी स्तब्ध र शोकमग्न भएको छ ।’ भनिएको छ ।

मञ्चले यस दुखद घडीमा दिवांङ्गत आत्माको चिरशान्तीको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै मञ्चले शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदन व्यक्त गरेको छ ।

उच्च रक्तचाप, मधुमेह लगायतका रोगबाट प्रभावित स्वगिर्य पाठकको बिहिवार नै अन्तिम संस्कार गरिएको पारिवारिक श्रोतले जनाएको छ । स्वर्गिय पाठकका श्रीमान्, चार छोरा र २ छोरी रहेका छन् ।

RELATED ARTICLES

Most Popular

Recent Comments