Homeदेशनेपाली सेनामा जागिर खुल्यो

नेपाली सेनामा जागिर खुल्यो

काठमाण्डौं, २४ चैत्त ।

नेपाली सेनामा विभिन्न पदका लागि जागिर खुलेको छ । भर्ना छनोट निर्देशनालयले शुक्रबार सूचना जारी गर्दै प्राड, प्राविधिक, हवाई तथा विविध सेवातर्फका अधिकृत पदहरूको लागि जागिर खुलाएको हो ।

अधिकृत र पदिक तथा विल्लादारमा गरी कुल ६ सय २१ जनाको लागि दरखास्त आह्वान गरिएको छ । अधिकृत पदका लागि १ सय ३७ जना माग भएको छ । यसमा मेडिकलतर्फ सबैभन्दा धेरै ४४ जनाको माग गरिएको छ ।

त्यस्तै पदिक तथा विल्लादारमा ४ सय ८४ जनाको माग गरिएको छ । यसतर्फ सबैभन्दा धेरै सैनिक कर्मचारी १ सय ५५ जना माग भएको छ । ११ जना पुजारीको लागि पनि आवेदन माग भएको छ ।

योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइटमा गएर वैशाख ३० गतेसम्म अनलाइन दरखास्त दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments