HomeBreakingएलओडीबाट लगेर बालिका बलात्कार गरेको आरोप लागेका पुर्पक्षका लागि थुनामा

एलओडीबाट लगेर बालिका बलात्कार गरेको आरोप लागेका पुर्पक्षका लागि थुनामा

काठमाण्डौं, २९ असार ।

काठमाडौंको नाइट क्लब लर्ड अफ ड्रिंक्स अर्थात एलओडीबाट १५ वर्षीया किशोरीलाई ललितपुर लगेर बलात्कार गरेको अभियोग लागेका सुदनबहादुर कोइरालालाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

अदालतको आदेशसँग कोइरालालाई नख्खु कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी शिद्धिविक्रम शाहले जानकारी दिए

५० वर्षीय कोइरालाले ३० जेठमा एलओडी क्लबाट १५ वर्षीया किशोरीलाई ललिपुर लगेर बलातकार गरेको भन्दै पक्राउ गरेको थियो ।

तीनै बालिकालाई प्रवेश गराएको आरोपमा एलओडीका दुई सञ्चालक पनि पक्राउ परेका थिए । तर उनीहरुलाई जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मुद्दा चलाउन नपर्ने राय दिएपछि यसअघि नै रिहा गरिएको थियो ।

RELATED ARTICLES

Most Popular

Recent Comments