Homeगण्डकी प्रदेशपञ्चासे प्राज्ञ मञ्च पुस्तक विमोचन, मञ्चको अध्यक्षमा तिमिल्सिना चयन

पञ्चासे प्राज्ञ मञ्च पुस्तक विमोचन, मञ्चको अध्यक्षमा तिमिल्सिना चयन

पोखरा, १० फागुन

पञ्चासे क्षेत्र वरपर रहेका क्षेत्रको जानकारी समेटिएको पुस्तक पञ्चासे प्राज्ञ मञ्चको बिमोचन भएको छ । पञ्चासे प्राज्ञ मञ्चका प्रथम साधारणसभामा पोखरा २३ का वडा अध्यक्ष रामकाजी गुरुङले पञ्चासे प्राज्ञ मञ्चका विमोचन गरे । उनले भौगोली, शैक्षिक, सामाजीक र इतिहासीक काममा प्राज्ञ मञ्च आवश्यक हुने बताए । पोखरा २३ महागनगरको ठुलो वडा र यसमा अथाहा सम्भावना भएका कारण यसको प्रचार प्रसारमा प्राज्ञ मञ्च पुस्तक सहयोगी हुने बताए ।

विमोचन कार्यक्रमा पोखरा वडा नम्बर २३ वडा सदस्य चेतबहादुर क्षेत्रीले पोखरा २३ को विकासका लागि यस्ता पुस्तकहरु आवश्यक हुने बताए । उनले पुस्तकले वडाका विकासका लागि मार्गचित्र बनाउने बताए । कार्यक्रममा सिद्धबराहा माविका प्रधानध्यापक बद्री पराजुलीले यस क्षेत्रका पुराना सम्पदाहरुको संरक्षण गर्नु पर्ने बताए ।

कार्यक्रममा पञ्चासे प्राज्ञ मञ्चका अध्यक्ष गंगाधर तिमिल्सिनाले वडा भित्र रहेका प्राकृतिक, जैविक सम्भावनाको खोजी गरेर त्यसको संरक्षण गर्नु पर्ने बताए । उनले यसका विकासका लागि अध्ययन अनुसन्धान गर्नु पर्ने उल्लेख गरे । कार्यक्रममा पञ्चासे प्राज्ञ मञ्चका उपाध्यक्ष नारायण गौतमले स्वगिय प्रा.डा. मोतीलाल पराजुलीको सपना साकार बनाउन आफुहरु लागेको बताए । कार्यक्रममा पञ्चासे प्राज्ञ मञ्चका सचिब विश्वनाथ पौडेलले सबै एक जुट भएर अध्ययन अनुसन्धान गर्नु आवश्यक रहेको बताए ।

पञ्चासे प्राज्ञ मञ्चको प्रथम अधिबेशनले गंगाधर तिमिल्सिनाको अध्यक्षतमा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्क्षमा नारायण गौतम, सचिब विश्वनाथ पौडेल, कोषाध्यक्षमा घनश्याम पौडेल चयन भएका छन् । सदस्यमहरुमा जिवनाथ लामिछाने, सेतुमाया पराजुली, मिनबहादुर गुरुङ, गंगाधर चापागाइ र यज्ञ तिमिल्सिना चयन भएका छन् ।

RELATED ARTICLES

Most Popular

Recent Comments