HomeBreakingसक्कली प्रमाण पत्र पेश गरेका चिकित्सक पनि पक्राउ परेको भेटियो

सक्कली प्रमाण पत्र पेश गरेका चिकित्सक पनि पक्राउ परेको भेटियो

काठमाण्डौं, २८ साउन ।

२६ साउनमा अपरेशन ‘फोक्सट्रोट चार्ली’ चलाएर कांग्रेस सांसद सुनिल शर्मासहितका डाक्टरहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ ग¥यो । भोलिपल्ट जिल्ला अदालत, काठमाडौंले उनलाई हिरासतमा राख्न अनुमति दिएन ।

गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेको दुई साता नवित्दै पक्राउ परेका कारण सरकारले प्रतिसोध साँध्न खोजेको आरोप लाग्यो भने सीआईबीले पनि थेरथोर आलोचित बन्नुप¥यो ।तर ब्यूरोका अधिकृतहरु नक्कली शैक्षिक प्रमाण पत्रमाथि पहिल्यैदेखि अनुसन्धान भइरहेको दाबी गर्छन् ।
यहीबीच सीआईबीले चलाएको अपरेशनमा अर्को त्रुटि फेला परेको छ । नक्कली शैक्षिक प्रमाण पत्र भएको भन्दै ब्यूरोले पक्राउ परेका पिपरा गाउँपालिका–८, महोत्तरीका रञ्जिनकुमार यादवको प्रमाण पत्रमा कैफियत नभएको पाइएको हो ।

ब्यूरो स्रोतका अनुसार, उनको बुबाको नामबाहेक अरु सबै विवरण मेल खाएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको खुलेपछि अनुसन्धान अधिकृतहरुले यसमा के गर्ने भन्नेबारे छलफल गरिरहेका छन् ।

ब्यूरोका प्रवक्ता नवराज अधिकारीका अनुसार, अनुसन्धानमा संलग्न अधिकृतहरुले यादवको विषयमा विवरण उपलब्ध गराउन भन्दै मेडिकल काउन्सिलमा पत्राचार गरेको छ ।

‘काउन्सिलबाट जे जवाफ आउँछ, त्यही अनुसार गर्छौं’, अधिकारीले अनलाइनखबरसँग भने । प्रकरणमा हालसम्म ७ जना सीआईबी हिरासतमा छन् ।

RELATED ARTICLES

Most Popular

Recent Comments