HomeBreakingएक हजार दरको ६ थान नक्कली नोटसहित पक्राउ

एक हजार दरको ६ थान नक्कली नोटसहित पक्राउ

काठमाण्डौं, १३ फागुन ।

नक्कली जस्तो देखिने १ हजार दरको ६ थान नोटसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका–१२ कपन बस्ने रामेछाप घर भएका १९ वर्षीय कमल भुजेल र मकवानपुर घर भएका १९ वर्षीय साजन वाईबा रहेका छन् ।

प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले कमललाई १ हजार दरको ३ थान उक्त नोटसहित पक्राउ गरेको र थप अनुसन्धान गर्ने क्रममा काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१२ निलो माईक्रो पार्कबाट साजनलाई समेत १ हजार दरको ३ थान उक्त नोटसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments