HomeBreakingवायु सेवा निगम र नेपाल एअर लाइन्सका कर्मचारीसहित १० जनाविरुद्ध मुद्दा दर्ता

वायु सेवा निगम र नेपाल एअर लाइन्सका कर्मचारीसहित १० जनाविरुद्ध मुद्दा दर्ता

काठमाण्डौं, ११ पुस ।

नक्कली कागजात बनाएर भिजिट भिसाका नाममा हुने गरेको मानव तस्करीमा संलग्न भएको आरोपमा थप १० जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ। सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा थप १० जनाविरुद्ध लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ।

पछिल्लो पटक वायु सेवा निगमका कर्मचारीदेखि नेपाल एअर लाइन्सका कर्मचारीसम्म गरी १० जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गरिएको छ। पछिल्लो पटक मुद्दा दर्ता गरिएका १० जना मध्ये २ जना भने फरार प्रतिवादी छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली कागजातको आधारमा भिजिट भिसामा विभिन्न देशमा मान्छे पठाउने गरको आरोपमा सरकारी कर्मचारीदेखि विभिन्न ट्राभल एजेन्सीका सञ्चालकसम्मलाई पक्राउ गरेर थप अनुसन्धान तथा कारबाहीका लागि भन्दै जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको थियो। परिसर काठमाडौंले थप अनुसन्धान गरेर मुद्दा चलाउन सिफारिस गरेसँगै सरकारी वकिल कार्यालयहरु उनीहरुविरुद्ध लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ।

RELATED ARTICLES

Most Popular

Recent Comments