HomeBreakingमालपोतका निर्देशकलाई मन्त्री श्रेष्ठको निर्देशन, ‘कास्की मालपोतको घटना तत्काल छानबिन गरेर रिपोर्ट...

मालपोतका निर्देशकलाई मन्त्री श्रेष्ठको निर्देशन, ‘कास्की मालपोतको घटना तत्काल छानबिन गरेर रिपोर्ट पेश गर्नु’

काठमाण्डौँ, ०४ वैशाख ।

भूमि व्यवस्था, सहकारि तथा गरिबि निवारण मन्त्री रन्जिता श्रेष्ठले मालपोत कार्यालय कास्कीको कर्मचारीहरुले आर्थिक चलखेल गरि सेटिङमा काम गर्ने गरेको कुरा तत्काल छानविन गर्न निर्देशन दिएकी छिन् ।

आईतबार मन्त्रि श्रेष्ठले भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पद्म निधि सोतीलाई ठाडो निर्देशन दिएकी हुन् । केही दिन अघि मात्रै मालपोत कार्यालय कास्कीका कर्मचारीहरुले आर्थिक चलखेल गरि सेटिङमा काम गर्ने गरेको पब्लिक टेलिभिजनको कार्यक्रम गण्डकी छड्केबाट सार्वजनिक भएको थियो ।

सोही घटनाको बिषयमा थप सत्यतथ्य छानविन गरि विभागिय कारवाही गर्न मन्त्री श्रेष्ठले निर्देशन दिएकी हुन् । ‘मैले नेतृत्व गरेको मन्त्रालय अन्तरगत हुने कुनै पनि अनियमितता, भ्रष्ट्रचार र गलत कामलाई म नजरअन्दाज गर्न सक्दिँन । जसरी मालपोत कार्यालय कास्कीको भिडियो मिडिया र सामाजिक सन्जालमा भाइरल भईरहेको छ त्यस बिषयमा तत्काल छानविन गरि रिपोर्ट बुझाउनु होला’, मन्त्री श्रेष्ठले महानिर्देशकलाई टेलिफोनमा भनिन् ।

मन्त्री श्रेष्ठले कास्की मात्रै हैन् अन्य जिल्लाको मालपोत तथा नापी कार्यालयहरुको अबस्था र समस्याका बिषयमा अध्ययन गरि रिपोर्ट पेश गर्न निर्देशन दिईन् । मालपोत र नापी कार्यालयहरुमा सेटिङमा हुने अनियमितताको जालो आफ्नो नेतृत्वमा न्युनीकरण गर्ने उनले बताईन् ।

RELATED ARTICLES

Most Popular

Recent Comments