Homeदेशकास्की टेनिस खेलाडीहरुको टोली बुटवल प्रस्थान

कास्की टेनिस खेलाडीहरुको टोली बुटवल प्रस्थान

पोखरा, ०५ फागुन ।

कास्कीको टेनिस खेलाडीहरुको टोली बुटवल प्रस्थान गरेको छ । रुपन्देही लन टेनिस संघको आयोजनामा भोलि (शनिबार) देखि बुटवल देविनगरको टेनिस कम्लेक्समा हुने प्रथम मेयर कप तथा पाँचौं बुटवल खुल्ला लन टेनिस प्रतियोगिता २०७९ मा सहभागि हुन कास्कीको खेलाडी सहितको एक टोली आज (शुक्रबार) विहान वुटवल प्रस्थान गरेको हो ।

कास्कीका खेलाडी सहित कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक बहादुर गुरुङ, संघका केन्द्रिय उपाध्यक्ष विनोद कायस्थ लगायतका टोलीलाई एक समारोहका बिच नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले खादा लगाउदै यात्रा सहित प्रतियोगितामा सफलताको कामना गरेका थिए । प्रतियोगितामा सहभागि हुनु पूर्व जसरी खादाबाट खेलाडीहरुलाई बिदाई भएको छ टोली पोखरा फर्किदा ट्रफी सहित सम्मान गर्ने वातावरण हुनेमा अध्यक्ष बरालले विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै अध्यक्ष बरालले गण्डकी प्रदेशको राजधानि पोखरामा खेल पर्यटनको अथाह सम्भावना भएको दाबी गर्दै देशका कुनै पनि ठाँउमा आयोजना हुने प्रतियोगितामा पोखरा क्षेत्रका खेलाडीहरुले सहभागिता जनाउनु नै ठुलो कुरा भएको बताए । उक्त प्रतियोगितामा नेपालका राष्ट्रिय खेलाडी प्रदिप खड्का, आसिस खड्का, नेहालजंग बहादुर थापा र बिष्णु नेपाली रहेका छन भने करिब २० जना भेट्रान्स खेलाडीहरु सहभागि हुदै गरेको कास्कीबाट सहभागि एक खेलाडी सुर्यबहादुर भुजेलले बताए ।

RELATED ARTICLES

Most Popular

Recent Comments