HomeBreakingमनाङ एयरको हेलिकोप्टर दुर्घटनामा सवार ६ जनाकै मृत्यु

मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा सवार ६ जनाकै मृत्यु

काठमाण्डौं, २६ असार ।

मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। हेलिकोप्टरमा सवार ६ जनाको नै शव फेला परेको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ।

सोलुखुम्बुको सुर्केस्थित हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९एन–एएमभी कलसाइन भएको हेलिकोप्टर मंगलबार बिहान ९ः५२ बजे दुर्घटनामा परेको हो। हेलिकोप्टर सोलुखुम्बुकै लिखुपिके गाउँपालिका–५ भकाञ्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो।

सोलुखुम्बका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले ६ जनाको शव भेटिएको जानकारी दिए। हेलिकोप्टरमा पाइलटसहित ६ जना सवार थिए। प्रजिअ भट्टराईका अनुसार घटनास्थलमा प्रहरीको टोली पुगेको छ।

२ जना प्रहरी घटनास्थलमा पुगिसकेका र थप सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ गइरहेको भट्टराईले जानकारी दिए। हेलिकोप्टरमा १ जना पाइलट र ५ जना यात्रु थिए। ५ जना यात्रुमध्ये सबै मेक्सिन नागरिक रहेका जनाइएको छ।

RELATED ARTICLES

Most Popular

Recent Comments