HomeBreakingदार्चुलाको ब्याँसमा हिमपहिरो, ८ जना वेपत्ता

दार्चुलाको ब्याँसमा हिमपहिरो, ८ जना वेपत्ता

काठमाण्डौं, १९ वैशाख ।

दार्चुलाको ब्याँस गाउँपालिका–१ बोलिनमा हिमपहिरो गएको छ । मंगलबार दिउँसो २ बजेर ४५ मिनेटमा गएको हिमपहिरोमा परी यार्सागुम्बा टिप्न गएका सर्वसाधारण परेका छन् ।

प्रदेश प्रहरी कार्यालयका एसपी श्याम चौधरीका अनुसार एक जना घाइते भएका छन् । हिम पहिरोमा परेर ८ जना वेपत्ता भएका छन् ।

सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएपी शैलेन्द्र थापाका अनुसार हिम पहिरो गएको क्षेत्रमा सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरुबाट डीएसपीको कमाण्डमा ३० जनाको टोली जाँदै गरेको उनले बताए ।

यता बझाङमा पनि हिमपहिरोमा पुरिएर एक महिला बेपत्ता भएकी छन् । जिल्लाको सुर्मा गाउँपालिका–१ मा सोमबार राति हिमपहिरोमा जाँदा पुरिएर स्थानीय ३३ वर्षीया झल्लादेवी बोहरा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) जागेश्वर भण्डारीले यार्सागुम्बा टिप्न गएकी बोहरा हिमपहिरोमा पुरिएर बेपत्ता भएको जानकारी दिए । उनको खोजीका लागि प्रहरी टोली घटनास्थलतर्फ गएको डीएसपी भण्डारीले बताए ।

RELATED ARTICLES

Most Popular

Recent Comments