Homeदेशरोटरी क्लब अफ पोखरा अन्नपुर्ण र वरिष्ठ न्युरो सर्जन बिच अन्तरक्रिया

रोटरी क्लब अफ पोखरा अन्नपुर्ण र वरिष्ठ न्युरो सर्जन बिच अन्तरक्रिया

पोखरा, ०९ फागुन ।

एसओएस वाल गृह रामवजारमा वरिष्ठ न्युरो सर्जन डाक्टरहरुसँग पक्षघात तथा मस्तिष्क घात सम्बन्धि अन्तरक्रिया गरिइएको छ । रोटरी क्लब अफ पोखरा अन्नपुर्णको आयोजनामा कार्यक्रमको आयोजना गरिइएको हो ।

कार्यक्रममा उपेन्द्र देवकोटा मेमोरियल न्युरो अस्पतालकी संस्थापक तथा कार्यकारी अध्यक्ष प्रा.डा. मधु दिक्षित देवकोटाले पोखरामा आएर रोटरीयनहरुसंग अन्तरक्रिया गर्न पाउँदा अत्यन्तै हर्षित भएको वताउँदै न्युरो सम्बन्धि रोगको उपचार सर्वसुभल रुपमा नेपाल मै गर्ने उद्धेश्यले अत्याधुनिक प्रविधियुक्त न्युरो अस्पताल स्थापना गरिएको बताउनुभयो ।

सो अवसरमा अस्पतालका न्युरो सर्जरी विभागिय प्रमुख डा. निकुञ्ज योगी, न्युरो सर्जन डा. सागर कोइराला, न्युरोलोजिष्ट डा. अञ्जिल महर्जनले मस्तिष्क घात तथा पक्षघातका लक्षणहरु, रोकथामका उपायहरु र उपचारको लागि नेपालका अस्पतालमहरुमा उपलब्ध सुविधाहरुको वारेमा जानकारी दिएका थिए । कार्यक्रममा दैनिक जीवनयापन, खानपिन लगायतले कम उमेर मै स्ट्रोकहरु हुन थालेको बताएका थिए । विगतमा मस्तिष्कघातको उपचार अप्रेसन गरेर गर्नुपर्नेमा हालको नयाँ प्रविधिले विना अप्रेसन नसाबाट नै उपचार सम्भब भएको बारेमा बताएका थिए ।

रोटरी इन्टरनेश्नल ३२९२ क्लबको सन् २०२६÷२७ का नोमिनि डिजि विनोद कोइरालाले उपेन्द्र देवकोटा मेमोरियल न्युरो अस्पताल र रोटरी क्लबको सहकार्यमा सचेतना कार्यक्रम गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा अस्पतालका प्रमुख कार्यकारी अधिकृत मिलन गुरुङले अस्पतालले उपलब्ध गराएका सेवा सुविधाहरुको वारेमा जानकारी दिदै विकसित देशमा प्रयोगमा आएका नयाँ प्रविधिहरु नेपालमै उपलब्ध गराउने गरिएको बताउनुभयो ।

सो अवसरमा पोखरा १५ का पुर्व वडाअध्यक्ष मिनबहादुर गिरीले शुभकामना व्यक्त गर्दै यस प्रकारका स्वास्थ्य सचेतना मूलक कार्यक्रमहरुलाई क्लबले निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रम संयोजक प्रेसिडेन्ट इलेक्ट तोयबहादुर भट्टराई तथा पुर्व अध्यक्ष रोस गुरुङले सामाजिक सेवामा समर्पित व्यक्ति स्वस्थ हुन सकेमा मात्रै अरुको सेवा गर्न सकिने कुरालाई हृदयदेखि मनन गरी डाक्टरहरुसंग अन्तरक्रिया कार्यक्रम गरिएको बताउनुभयो ।

क्लबका अध्यक्ष देवेन्द्र वास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत पुर्व अध्यक्ष इश्वर कर्माचार्यले तथा संचालन पुर्व अध्यक्ष बाबुराम वरालले गरेका थिए ।

RELATED ARTICLES

Most Popular

Recent Comments