HomeBreakingहल्कारा’को ट्रेलर सार्वजनीक ःजब धन कमाउन उडेका बाकसमा फर्किन्छन् ट्रेलर

हल्कारा’को ट्रेलर सार्वजनीक ःजब धन कमाउन उडेका बाकसमा फर्किन्छन् ट्रेलर

काठमाण्डौ ३० चैत
वैशाख २९ गते रिलिज हुने  चलचित्र ‘हल्कारा’को अफिसियल ट्रेलर रिलिज भएको छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी ट्रेलर रिलिज गरिएको हो ।

हरेक नेपालीको घरको कथा भन्ने यस चलचित्रको २ मिनेट ४४ सेकेण्ड लामो ट्रेलरमा हुलाक सेवाको सरकारी जागिरमा रहेको युवकको कथा देख्न सकिन्छ । ट्रेलरले रोजगारीको लागि विदेशिएको पुरुष र उसलाई पर्खेर बस्ने एक नारीको कथा समेत प्रस्तुत गरेको छ । गाउँमा चिठ्ठी पुऱ्याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई ट्रेलरमा देखाउने कोशिस गरिएको छ । चलचित्रमा अभिनेता त्रिपाठीले हल्काराको चरित्र निर्वाह गरेका छन् ।

‘हल्कारा’ अमेरिकाको वल्र्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल उत्कृष्ट फिल्म घोषित भएको थियो भने यसका मुख्य अभिनेता महेशले उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए। यसैगरी फिल्म नेपाल(अमेरिका फिल्म फेस्टिभलमा ‘लङ न्यारेटिभ’ विधामा पुरस्कृत हुन सफल भएको थियो भने बाँकी अन्य फेस्टिभलमा पनि छनौट भएको थियो।

महेश त्रिपाठी र बिनिता थापामगरको प्रमुख अभिनय गरेको यस चलचित्रका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन् । यसमा विप्लव प्रतीक र आकाश बरालले सह(लेखन गरेका छन् । महेश र बिनिताको साथमा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, बिष्णुभक्त अधिकारी, दीपक क्षेत्री लगायतको अभिनय रहेको छ ।

चलचित्र मनोरञ्जक रहेको निर्देशक सापकोटाले बताए ।यो चलचित्रलाई हामीले पूर्ण ‘मेनस्ट्रिम’मा रहेर बनाएका छौँ । यसको कथा भन्ने क्रममा पूर्ण मनोरञ्जनात्मक र व्यावसायिक दृष्टिकोणबाट बनाएका छौँ”, निर्देशकले भने ।

“यो चलचित्र मेरो लागि एक महत्वपूर्ण अवसर हो । यसमा कलाकारले आफ्नो चरित्रमार्फत नितान्त कलाकारिता देखाउने मौका पाएका छन् । मैले पनि यसमा साँच्चिकै अभिनय गर्ने मौका पाएको छु”, अभिनेता त्रिपाठीले भने । अभिनेत्री थापाले आफूले वर्षौँ लगाएर सिकेको अभिनयको अनुभव यो चलचित्रमा देखाउने मौका पाएको  बताइन् ।

यसमा ब्रुनो भ्यालेन्टीको ओरिजिनल म्यूजिक रहेको छ भने प्रोडक्सन साउण्ड ज्योति रानाको रहेको छ । ‘हल्कारा’का कलरिस्ट लियोनार्डो क्यान्डियन हुन् । काठमाडौँ उपत्यकामा जिजिए ग्रुपले वितरण गर्ने यो चलचित्रको एफडी कम्पनीले वितरण गर्नेछ ।

RELATED ARTICLES

Most Popular

Recent Comments