Homeदेशपृथ्वी राजमार्गको विमलनगर–घाँसीकुवा खण्ड दैनिक चार घण्टा बन्द

पृथ्वी राजमार्गको विमलनगर–घाँसीकुवा खण्ड दैनिक चार घण्टा बन्द

काठमाण्डौ, २८ फागुन ।

पृथ्वी राजमार्गको विमलनगर–घाँसी कुवा सडक खण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ।

आजदेखि आउँदो चैत १२ गतेसम्म १५ दिन राति १२ बजेदेखि बिहान ४ बजेसम्म दैनिक चार घण्टा सडक बन्द गरी काम गर्ने निर्णय भएअनुसार सडक बन्द गरी काम थालिएको तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिनुभयो।

सडक बन्द हुँदा अत्यावश्यक गाडीबाहेक अरुलाई पूर्णरुपमा बन्द गरी सुरक्षित तरिकाले काम गर्ने व्यवस्था मिलाएको पनि उहाँले बताउनुभयो । यो खण्डमा यसअघि गएको १८ गतेदेखि १० दिन सडक बन्द गरी काम गरिएको थियो ।

RELATED ARTICLES

Most Popular

Recent Comments