HomeBreakingहाकिम सहीत ३ कर्मचारी मिलेर पारे झ्वाम ! भन्छन–गल्ती भो, माफ पाम...

हाकिम सहीत ३ कर्मचारी मिलेर पारे झ्वाम ! भन्छन–गल्ती भो, माफ पाम ्र अफिसमा हंगामा पछी गरे पैसा फिर्ता ( भिडियो )

पोखरा, ०४ चैत्त ।

सरकारी कर्मचारीहरुले कहाँ, कहाँ र कसरी भ्रष्टाचार गर्छन् होला ? सरकारी कर्मचारीले गर्ने भ्रष्टाचार कहाँ, कहाँ हुन्छ होला र ती ठाउँहरुमा कसरी कसरी हुन्छ होला ? तपाईलाई थाहा छ ? तपाई हामीलाई सामान्य थाहा भएको, हामीले देख्ने गरेको, मोटामोटी चलनचल्तीको भ्रष्टाचार भनेको त के हो ? भने सरकारी कार्यालयमा गयो काम अड्काइदिन्छन् कर्मचारीले, त्यसो भएपछि यति पैसा दिन्छौँ भने, घुस दिन्छौँ भने काम गर्दिन्छौँ भनेर डिल गर्न आउँछन् अथवा कसैलाई डिल गर्न लगाउँछन् । र पैसा पाएपछि काम गर्छन्, घुस खाएपछि काम गर्छन् ।

सिधासाधा जानेको यही हो । तर भ्रष्टाचारका तरिका कहाँकहाँ गर्न सकिन्छ र कसरी गर्न सकिन्छ भन्ने कुरा थाहा पाउनलाई त ती दिग्गज सरकारी कर्मचारीहरुसँग छ महिना जतिको ट्यूसन क्लास लिनु पर्छ होला । कार्यक्रम गण्डकी छड्केमा यस्तो एउटा भ्रष्टाचारको पर्दाफास गरिइएको छ । त्यहाँ कोही सेवाग्राही चाहिदैन् । त्यहाँ पैसा माग्नु पनि पर्दैन्, कसैले दिन पनि पर्दैन । जनताले कर तिरेर राज्यको ढुकुटीमा पु¥याएको पैसा ती कर्मचारीहरु मिलेर कसरी झ्वाम पार्छन भन्ने कुराको एउटा ज्वलन्त उदाहरण, एउटा बलियो उदाहरण कार्यक्रम गण्डकी छड्केमा देखाइएको छ । हुन्छ के भने कुनै एउटा कार्यक्रमका लागि भनेर बजेट पर्छ । तर त्यो कार्यक्रम सम्पन्न गरिदैन्, त्यो कार्यक्तम सम्पन्न गर्नको लागि कुनै पनि काम गरिदैन् ।

तर त्यो कार्यक्रम सम्पन्न भयो भनेर फर्जी डकुमेन्ट बनाइन्छ । अनि त्यो कार्यक्रम सम्पन्न गर्नको लागि वडाका ७ जना कर्मचारीहरु खटे, त्यो खटे वापत उनीहरुको भत्ता, पारिश्रमिक, खाजा खर्च समेत जोड्दा खेरी यति पैसा भयो, यति पैसा भुक्तानी दिनुपर्ने देखियो भनेर कागजपत्र खडा गरिन्छ । तर ती वडाका कर्मचारीलाई थाहै छैन्, त्यो कार्यक्रमको बारेमा थाहै छैन्, उनीहरुले त्यो कार्यक्रमसँग सम्बन्धि कुनै काम गरेकै छैनन् । तर उनीहरुले काम गरे भनेर भत्ता, तलब सुविधा, खाजा खर्च वापत रकम भुक्तानी दिने भनेर कागज खडा गरिन्छ । त्यो कागज भुक्तानी पाउ भनेर एक जनाले खडा गर्छन् । त्यसपछि हाकिमले भुक्तानी दिनु भनेर तोक लाउछन्, लेखामा पुग्छ र लेखाले तीनै पेश गर्ने कर्मचारीको नाममा चेक काट्दिन्छ र तीन जना मिलेर हाकिम, लेखाका कर्मचारी र योजनाका कर्मचारी पैसा झ्वाम पार्छन् ।

जुन कार्यक्रम सम्पन्न गरियो भनेर भनिएको छ, त्यो कार्यक्रम केही पनि कामै गरिइएको छैन् । त्यो कार्यक्रममा कोको खटिए भनेर भनिएको छ तिनीहरु खटिएकै छैनन् । उनीहरुले पैसा पाए भनेर डकुमेन्ट बनाइएको छ, उनीहरुले देखेकै छैनन् । झ्वाम पारियो तीन जना मिलेर झ्वाम पारियो । प्रसङ्ग हो इच्छाकामना गाउँपालिका चितवनको । सबैभन्दा पहिला जसको नाममा फर्जी डकुमेन्ट बनाएर, पेश गरेर, फर्जी डकुमेन्ट मात्र होइन् किर्ते हस्ताक्षर समेत गरेर ७ वटा वडाका सहायक सचिवहरु त्यो काममा खटिए भनेर, खटिए वापतको भुक्तानी पाउ भनेर कीर्ते हस्ताक्षर समेत गरेर खान भ्याएका छन् । भिडियो हेरौँ

RELATED ARTICLES

Most Popular

Recent Comments