HomeBreakingओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना, पाँच जनाको मृत्यु

ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना, पाँच जनाको मृत्यु

काठमाण्डौं, २८ फागुन ।

सिन्धुलीको फिक्कल गाउँपालिका–४ मा आइतबार बिहान बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । ओखलढुङ्गाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना भएको सिन्धुली प्रहरीले जनाएको हो ।

दुर्घटनामा परी २४ जना घाइते भएको र उनीहरुलाई उपचारका लागि खुर्कोटतर्फ ल्याइँदै गरेको पनि प्रहरीले जनाएको छ । यस्तै, दुर्घटनामा परेका एक जना घाइतेलाई उपचारका लागी घुर्मि लगिएको छ ।

तीव्र गतिमा आएको बस सडकको भित्तामा ठोक्किएर पल्टिएको र दुर्घटनापछि चालक फरार भएको सिन्धुली प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments