पोखरा, ०९ फागुन ।
पोखरामा मंगलबार एक बालक मृत फेला परेका छन् । सोमबार देखि हराइरहेका बालक मंगलवार मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका कास्कीका अनुसार सुशिला केसीको चार वर्षीय छोरा सुहान केसी पोखरीमा मृत भेटिएका हुन् ।
हिजो (सोमबार) बेलुका देखि हराइरहेका केसी पोखरा महानगरपालिका ५ खुदेपोखरीमा डुबेको अवस्थामा मृत भेटिएका हुन् ।
