HomeBreakingपोर्चुगल पठाइदिन्छु भन्दै तीन लाख रुपैयाँ ठग्ने पक्राउ

पोर्चुगल पठाइदिन्छु भन्दै तीन लाख रुपैयाँ ठग्ने पक्राउ

काठमाण्डौ, १९ भदौँ ।

पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्युठानको मल्लरानी गाउँपालिका ४ खलङ्गा स्थायी घर भई अहिले काठमाण्डौ सामाखुसी बस्ने नवराज खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

नवराजले सन्दीप परियारलाई पोर्चुगलमा राम्रो कम्पनीमा काममा लगाइदिने र त्यसका लागि १५ लाख रुपैयाँ लाग्ने भन्दै पटक पटक गरी तीन लाख रुपैयाँ लिएका थिए । पोर्चुगल पुगेपछि महिलाको डेढ लाख रुपैयाँभन्दा बढी कमाइ हुने नवराजले प्रलोभन देखाएका थिए ।

तर तीन लाख रुपैयाँ रकम लिएपछि नवराज सम्पर्क विहीन भएका थिए । रकम लिएर एजेण्ट फरार भएपछि सन्दीपले वैदेशिक रोजगार विभागमा उजुरी दिनुभएको थियो ।

विभागको पत्राचार अनुसार रकम ठगी गर्ने नवराजलाई पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागमा पठाएको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments