Homeदेशपोखरा विमानस्थलमा रात्रिकालीन उडान सफल

पोखरा विमानस्थलमा रात्रिकालीन उडान सफल

पोखरा, १८ फागुन ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रीकालीन उडान शुरु भएको छ । सौर्य एयरलाइन्सको जेट विमानले पहिलोपटक सफलतापूर्वक उडान भरेको हो । सौर्यको ९ एन–एएमई जेट विमान बुधबार रातको ८ः३७ बजे पोखरा विमानस्थलमा अवतरण भएको थियो ।

सौर्यको यो उडान पूर्व निर्धारित तालिका अनुरुप भएको भने होइन । ३ः२० बजे उडान तालिका रहेको विमान खराब मौसमका कारण राति सवा ८ बजे मात्र काठमाण्डौबाट उडेको थियो ।

पर्यटन व्यवसायी मोहन भण्डारीले पोखरा उत्रेपछि लेखेका छन् ‘यस ऐतिहासिक क्षणमा सहभागी हुन पाएकोमा म निकै उत्साहित छु र हाम्रो पर्यटन उद्योगलाई माथि उकास्न थप एयरलाइन्सले काठमाडौं र पोखरा जस्ता लोकप्रिय पर्यटकीय गन्तव्यहरूमा रात्रिकालीन उडानको तालिका बनाएको हेर्न उत्सुक छु । पोखरालाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न मिलेर काम गरिरहौं ।’

गत ११ फागुनबाट आइएफआर प्रणाली लागु भई रात्री उडानका लागि विमानस्थल योग्य बनिसकेको छ । अब एयरलाइन्सहरुले नियमित तथा आकस्मिक रुपमा रात्री उडान भर्न सक्नेछन् ।

RELATED ARTICLES

Most Popular

Recent Comments