Homeदेशमहिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी, ७ वटा चारपाङ्ग्रे र ६ वटा दुई पाङ्ग्रे...

महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी, ७ वटा चारपाङ्ग्रे र ६ वटा दुई पाङ्ग्रे गाडी जल्यो

काठमाण्डौ, २० चैत्त ।

ललितपुरको कुपण्डोलमा रहेको महिन्द्राको सर्भिसिङ सेन्टरमा आगलागी हुँदा सात वटा चारपाङ्ग्रे गाडी जलेका छन् ।यस्तै, तीन वटा स्कुटर र तीन वटा मोटरसाइकल पनि जलेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।

बिहान पौने ५ बजेतिर लागेको आगो सवा ५ बजेतिर निभाइएको थियो । विद्युत् सर्ट भएर आगलगाी भएको हुन सक्ने अनुमान गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका डीएसपी भुवनेश्वर साहले बताउनुभयो ।

घटनाको अनुसन्धान भइरहेको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments