पोखरा, १७ भदौँ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख अजय केसीको नेपाल प्रहरी अंगरक्षक गण, नक्सालमा सरुवा भएको छ ।
कास्की प्रहरी प्रमुख केसीको सरुवा भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा, टंगालबाट मोहनकुमार थापा कास्कीमा आउँदैछन् ।
प्रहरी प्रधान कार्यालयले ४८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको हो । कार्यअवधि पूरा भएका एसपीहरुको मानव स्रोत विकास विभागले शुक्रबार राति सरुवा गरेको हो। सरुवासँगै एसपी इन्चार्ज रहने कास्कीसहित १४ जिल्लाका प्रमुख फेरिएका हुन् ।
