पोखरा, ०७ असार ।
पोखरामा १४ वर्षीया नाबालिगलाई होटलमा लगि करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा रानीपौवास्थित एक मन्टेश्वरीका २५ वर्षीय म्युजिक टिचर विवेक तामाङ रहेका छन् ।
पोखरा महानगरपालिका १० रामबजारकी १४ वर्षीया बालिकालाई लेकसाइडको होटलमा लगी जबरजस्ती करणी गरेको उजुरीका आधारमा मंगलबार पक्राउ गरिएको कास्की प्रहरी सुत्रले बताएको छ ।
प्रहरी सुत्रका अनुसार युवकले पीडित नाबालिगलाई ललाई फकाई लेकसाइडको होटलमा लगी करणी गरेका थिए ।
त्यसपछि पीडितको परिवारले आफ्नो छोरी हराएको थाहापाएपछि सोधपुछको क्रममा म्युजिक टिचरले प्रलोभनमा पारी होटल पुर्याएर जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको हो ।
पक्राउ परेका लामामाथि जबरजस्ती करणी कसुरमा मुद्धा दर्तागरी अनुसन्धानका लागि एक साता दिन म्याद थप गरिएको कास्की प्रहरीले जनाएको छ ।
