HomeBreakingबालिका बलात्कार आरोपमा प्रधानाध्यापक पक्राउ

बालिका बलात्कार आरोपमा प्रधानाध्यापक पक्राउ

दमौली, १२ भदौ ।

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ प्रहरीले विद्यालयका प्रधानाध्यापकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ऋबषिङ गाउँपालिका–७ का झुलबहादुर थापालाई रहेका छन् ।

उनी स्थानीय ज्यामिरेमाई प्राविका प्रधानाध्यापक हुन् । पीडित परिवारले भदौ ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि उनी पक्राउ परेका हुन् ।

घटनापछि फरार रहेका थापालाई सोमबार साँझ लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिकाको भोर्लेटारबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अबदेश विष्टले जानकारी दिए ।

RELATED ARTICLES

Most Popular

Recent Comments