पोखरा, १९ असोज ।
पोखरादेखि एक जना युवक हराएका छन् । लमजुङ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. १६ लामाचौर बस्ने श्रीकृष्ण खत्री असोज १५ गतेदेखि लामाचौरवाटै हराएका हुन् ।
वर्ष २१ का गहुँगोरो वर्ण, मध्यम शरिर, उचाई अन्दाजी ५ फिट ७ ईन्च, तौल अन्दाजी ७३ किलो, कालो आँखा, कालो र छोटो कपाल भएका खत्री साथीको कोठामा सत्न गएकोमा असोज १५ गते विहान ६ बजेवाट कसैलाई खबर नगरी वेपत्ता भएको आमा इन्द्रकला खत्रीले जानकारी दिनुभयो ।
उनी इन्जिनियरिङ अध्ययनरत थिए । खत्रीलाई देख्नुहुने र भेट्नुहुने महानुभावहरुले नजिकको प्रहरी कार्यालय वा खत्रीका नाताका दाई ईन्द्रबहादुर गोदारलाई ९८१४११३८२९ मा सम्पर्क गरिदिनहुन हार्दिक अनुरोध गरिन्छ ।
