HomeBreakingगण्डकीमा उत्पादनमा आधारित अनुदान दिन ७ करोड ३० लाख

गण्डकीमा उत्पादनमा आधारित अनुदान दिन ७ करोड ३० लाख

पोखरा, ०१ असार ।

गण्डकी प्रदेश सरकारले उत्पादनको आधारमा अनुदान दिने भएको छ । अनुदान दिएर कृषि कार्यक्रम कार्यान्वयन गर्ने नभइ, उत्पादनका आधारमा अनुदान दिने अर्थमन्त्री जीतप्रकाश आलेले बजेटमार्फत बताएका छन् । उत्पादनमा आधारित अनुदान दिनका लागि सरकारले ७ करोड ३० लाख रुपैयाँ छुट्याएको छ । कृषि फार्म सञ्चालनमा ल्याइ, कृषि र उद्योगबीच करार गरी आलुखेती र चैते धान खेतीका लागि सरकारले ८ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

गण्डकी प्रदेश सरकारले स्थानीय तहसँगको साझेदारीमा भूमि बैंकको अवधारण लामो प्रदेश सरकारको साझेदारी बाँझो रहन्न खेतबारी भन्ने कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ । बाँदर प्रभावित क्षेत्रमा घाँस खेती गरी पशुपालनमा जोड दिने गरी १ करोड ५२ लाख रुपैयाँ प्रस्तुत गरेको अर्थमन्त्री आलेले बताएका छन् । कृषि उपजको उत्पादन पश्चातको क्षति न्यूनिकरण र बजारीकरणको प्रवद्र्धन गर्न शित भण्डारण कार्यक्रममा प्रोत्साहन गर्न ४ करोड ८५ लाख रुपैयाँ, कृषिको आधुनिकीरण र विशिष्टीकरणका लागि संघ सरकारको समन्वयमा प्रदेशका ३४ स्थानीय तहका पहाडी क्षेत्रमा काष्ठ फल र शितोष्ण फलफूल खेतीको उत्पादन र प्रवद्र्धनका लागि २४ करोेड ८ लाख रुपैयाँ विनियोजन भएको छ ।

१० मुनिका बालबालिका तथा ६० वर्षमाथिका नागरिकलाई प्रदेशका सबैे सरकारी अस्पतालमा उपचार निशुल्क हुने भएको छ । सरकारले शुक्रबार ल्याएको बजेटमार्फत सरकारी अस्पतालमा ओपेडी सेवा र प्रयोगशालामा निशुल्क उपचार गर्ने जनाएको हो । डायलासिस सेवाका प्रतिक्षामा रहेका विरामीको संख्या शून्य पु¥याउन र डायलासिस सेवा प्रवाहकोे क्षमता अभिवृद्धि गर्न ६ करोड ६८ लाख ८८ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

भरतपुर क्यान्सर अस्पताल लगायतसँग सम्झौता गरी सबै खाले क्यान्सरकोे उपचार गर्न सरकारले १ लाख रुपैयाँसम्म आर्थिक सहायता दिने भएको छ । शुक्रबार प्रस्तुत बजेटमार्फत यसका लागि २ करोड विनियोजन गरेको अर्थमन्त्री जीतप्रकाश आलेले बताएका छन् । स्वास्थ्य स्वयं सेविकाको आत्मसम्मान बढाउने कार्यक्रम सञ्चालन गर्न १ करो ८९ लाख रुपैयाँ छुट्याएको छ । सरकारले निमोनिया र पाठेघरको मुखको क्यान्सरविरुद्धको खोपको अभियान चलाउने भएको छ । आर्थिक अवस्था कमजोर रहेको निमोनियाबाट ग्रस्त बालक तथा वृद्धलाई राहत पुग्ने र पाठेघरको मुखको क्यान्सरको उपचारबाट टेवा पु¥याउन सरकारले ५ करोड बिनियोजन गरेकोे छ । मनाङ, मुस्ताङ, मध्यविन्ददु प्रदेश संक्रामक अस्पतालको भवन निर्माणमा१३ करोड रुपैयाँ विनियोजन भएको छ ।

गण्डकी प्रदेश सरकारले गाँजा खेतीकोे सम्भावना अध्ययन गर्ने भएको छ । अर्थमन्त्री जीतप्रकाश आलेले शुक्रबार संसदमा प्रस्तुत गरेको बजेटमार्फत सरकारले गाँजाखेतीको सम्भाव्यता अध्ययनका लागि बजेटको व्यवस्था गरेको बताए । गण्डकी प्रदेशले घरेलु मदिराको ब्रान्डिङ पनि गर्ने भएको छ । यसका लागि कानुन आधार तयार गर्ने सरकारले जनाएको छ ।

चक्लावन्दी कार्यक्रमलाई सरकारले यसपटक कपनि निरन्तरता दिएको छ । कम्तिमा ५ रोपनी क्षेत्रफल आगामी वर्ष चक्लावन्दी गर्ने लक्ष्य सरकारको छ । यसका लागि सरकारले १ करोड ९१ लाख विनियोजन भएको छ । एक प्रदेश निर्वाचन क्षेत्र, एक नमूना होमस्टे कार्यक्रम सञ्चालन हुने भएको छ । यसअघि सरकारले करिब ४ सय होमस्टेलाई अनुदान दिएको थियो । कार्यकर्तामुखी र अनुत्पादक क्षेत्रमा सरकारले होमस्टेका नाममा हचुवामा लगानी गरेको भन्दै चौतर्फ आलोचना भएको थियो ।

हस्तकला, काष्ठकला उत्पादन गर्न र कोसेली घर निर्माण गर्न सरकारले ४ करोड रुपैयाँ विनियोजन गरेको छ । धार्मिक पर्यटकीय विकासका लागि प्रमुख र प्रशिद्ध धार्मिक स्थलमा धर्म गुरुहरुको भ्रमण गराउने सरकारले बजेट ल्याएको छ । मुक्तिनाथ–कैलाश मुक्ति मार्ग सम्भाव्यता अध्ययन तथा निर्माण गर्न १ करोड बजेट विनियोजन भएको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments