पोखरा, १० चैत्त ।
माओवादी केन्द्रले आज गण्डकी प्रदेश सरकारबाट बाहिरिने तयारी गरेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन अनुसारसरकारबाट माओवादी केन्द्र बाहिरिने भएको हो ।
औपचारिक रुपमा माओवादी केन्द्र गण्डकीको संसदीय दलको बैठक अहिले बिहान बसी सरकारबाट बाहिरिने गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमानले बताउनुभयो ।
‘केन्द्रले गण्डकी प्रदेश सरकारबाट बाहिरिने निर्देशन गरेको छ, मन्त्री चुमानले भन्नुभयो, ‘अहिले बिहान दलको बैठक बस्दै छौं, औपचारिक निर्णय केही वेरमा नै गछौं ।’
नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सरकारबाट बाहिरिएसँगै नेकपा एमालेका नेता खगराज अधिकारीले नेतृत्व गरेको प्रदेश सरकार अल्पमतमा पर्ने छ ।
