HomeBreakingमालपोत कार्यालय लेखनाथमा बिचौलियाको बिगबिगी, सेवाग्राहीबाट अबैध असुली (भिडियो)

मालपोत कार्यालय लेखनाथमा बिचौलियाको बिगबिगी, सेवाग्राहीबाट अबैध असुली (भिडियो)

पोखरा, ०१ बैशाख ।

मालपोत कार्यालय, लेखनाथ कास्कीमा बिचौलियाको हालीमुहाली हुन्छ । कार्यालयका कर्मचारीले बिभिन्न बाहानामा सेवाग्राहीको काम अल्झाइदिएपछी उनीहरु बिचौलियाको शरणमा पुग्न बाध्य हुने गर्दछन । लेखनाथकी शर्मिला तामाङ एउटा सामान्य काम लिएर मालपोत धाउन थालेको हप्तादिन बढी हुन्छ । कर्मचारीले अनेक बाहाना बनाएर काम अड्काइदिन्छन ।

फाइल अगाडी बढाइदिने भन्दै शिव लामिछानेले उनीबाट १० हजार लिन्छन । फेरी अर्का बिचौलिया इन्द्र गुरुङले कर्मचारीलाई बुझाउनु पर्ने भन्दै उनै तामाङबाट १५ हजार लिन्छन । अझै पनी काम अगाडी बढ्दैन बरु हाकिमलाई बुझाउनुपर्ने भन्दै बिचौलिया गुरुङले थप ५० हजार रकम माग गर्दछन ।

सहन नसक्ने भएपछी आजित भएकी सेवाग्राही शर्मिला तामाङ गण्डकी छड्केको कार्यालयमा आइपुग्छीन ।

पब्लीक टेलिभिजन कार्यक्रम गण्डकी छड्केको यस हप्ताको श्रृखलामा यही बिषयमा रिपोटीङ गरीएको छ । शुक्रबार राती ९ बजे पब्लीक टेलिभिजनमा प्रसारीत कार्यक्रमको पुरा श्रृखला तलको भिडियोमा हेर्नुहोस

RELATED ARTICLES

Most Popular

Recent Comments