HomeBreakingठूलो परिमाणको अवैध लागु औषधसहित २ जना पक्राउ

ठूलो परिमाणको अवैध लागु औषधसहित २ जना पक्राउ

पोखरा, ०४ भदौँ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध लागु औषध अफिमसहित पूर्वीरुकुमका दीपेश पुनलाई पक्राउ गरेको छ । प्रहरीले पूर्वीरुकुमको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ का ४१ वर्षीय पुनलाई गए राति पोखरा महानगरपालिका २५ हेमजाबाट पक्राउ गरेको हो ।

पुनसहित पुथाउत्तरगंगा १ का ४० वर्षीय बिराज पुन र बागलुङ निसीखोला गाउँपालिका वडा नम्बर ५ का ४६ वर्षीय तेजेन्द्रबहादुर पुनले गएराति अवैध लागूऔषध अफिम पूर्वीरुकुमबाट बेचबिखनका लागि पोखरा ल्याउँदै थिए । सोही सूूूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौं, लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्की समेतको संयुक्त प्रहरी टोलीले दीपेशलाई हेमजाबाट पक्राउ गरेको थियो ।

हेमजास्थित सडकमा बेच्न साथमा लिई हिँडेको अवस्थामा दीपेशलाई अवैध लागूऔषध अफिमसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए । दीपेशको साथमा रहेको ५ केजी ७ सय ग्राम अफिम बरामद गरिएको डिएसपी विकले बताए ।

सोही लागूऔषध किनबेचमा संलग्न तेजेन्द्रबहादुर र विराजलाई प्रहरीले पोखरा लेकसाइडबाट पक्राउ गरेको थियो । उनीहरुको साथबाट ३ सेट मोबाइल पनि बरामद गरिएको छ । उनीहरुलाई हिरासतमा राख्ने अनुमति जिल्ला अदालत कास्कीबाट लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पोखरामा ठूलो परिमाणको अवैध लागु औषधसहित २ जना पक्राउ परेका छन् । अवैध लागूऔषधसहित माछापुच्छ्रे गाउँपालिका ३, घाचोकका ३२ वर्षीय अमृतज्यु ठकुरी र पोखरा महानगरपालिका २९, भण्डारढिकका ३४ वर्षीय आशिक पौडेललाई जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार पक्राउ गरेको हो । ठकुरी माछापुच्छ्रेमा पोहोर भदौमा भएको सामूहिक बलात्कार काण्डका एक अभियुक्त हुन् । उनी उक्त मुद्दामा धरौटीमा छुटेका थिए ।

ठूलो परिमाणमा बुप्रिनर्फिन समेतको अवैध लागूऔषध पोखरा बजारमा भित्रयाएर बेचबिखन तथा कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा खोजतलास गर्दा न्यूरोडमा सडक छेउमा रहेको ग२च १७६७ नम्बरको टाटा टेल्कोलाइन गाडीमा उनीहरुको शरीर तथा गाडी र झोला समेत खानतलासी लिने क्रममा उनीहरूले गाडीभित्र झोलामा लुकाइराखेको अवस्थामा अवैध लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्की समेतको संयुक्त टोलीले उनीहरुबाट बुप्रिनर्फिन २० एम्पुल, फेनेरागन २० एम्पुल, डाइजोपाम २० एम्पुल र नाइट्रोभ्याट ट्याब्लेट ५ चक्की फेला पारेको हो ।

ठकुरीले सञ्चालन गरेको असना कृषि तथा पशुपक्षी फार्ममा रहेको कोठा खानतलासी लिँदा कोठाभित्र झोलामा लुकाइछिपाई राखेको अवस्थामा ब्रुफिनर्फिन ३६७ एम्पुल, फेनेरागन ३६५ एम्पुल, डाइजोपाम ३६३ एम्पुल र नाइट्रोभ्याट लेखेको ट्याब्लेट २०० चक्की फेला परेकोले जिप्रका कास्कीका सूचना अधिकारी विकले जानकारी दिए ।

उनीहरुको साथबाट २ थान मोबाइल सेट र ग२च १७६७ नम्बरको टाटा टेल्कोलाइन गाडी बरामद गरिएको छ । २० दिन हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत कास्कीबाट प्रहरीले अनुमति पाएको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments