पोखरा, ०६ पुस ।
पोखरामा लागू औषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–९ शिवटोल बस्ने ४१ वर्षीय राजेन्द्र श्रेष्ठ रहेका छन् ।
बुधबार वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले श्रेष्ठको कोठाबाट १ किलो ३०० ग्राम लागू औषध गाँजासहित उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका श्रेष्ठलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।
