पोखरा, ०५ असोज ।
पोखरामा अवैध लागू औषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा– २१ कृष्ती स्थायी घर भई पोखरा– १५ फुलबारी गैह्रगाउँ बस्ने खिम बहादुर बि।क। को छोरा बर्ष १९ को राजन बि.क.रहेका छन्।
बिहीबार बिहान करिब ५ बजे पोखरा महानगरपालिका– ३० पावरहाउस स्थितमा ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट लागू औषध गाँजा २ के.जी. १७० ग्राम बरामद गरेको जनाएको छ ।
पक्राउ परेका विकलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा ८ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
