HomeBreakingछोरेपाटनबाट लागु औषधसहित एक व्यक्ति पक्राउ

छोरेपाटनबाट लागु औषधसहित एक व्यक्ति पक्राउ

पोखरा, २५ पुस ।

छोरेपाटनबाट अवैध लागु औषधसहित प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।

पोखरा महानगरपालिका –१७ छोरेपाटनबाट लागु औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित प्रहरीले स्याङ्गजा भिरकोट नगरपालिका –१ का ३४ वर्षीय अनिल गुरुङलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार बुधबार बिहान लागु औषध नियन्त्रण ब्यूरो शाखा पोखरा र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले छोरेपाटनस्थित सडकमा ग १ ख ५४०६ नंवरको मिनी ट्रकलाई चेक जाँच गर्ने क्रममा गुरुङलाई करिब ६ ग्राम २ सय मिलिग्रामसहित पक्राउ गरेको हो।

उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

RELATED ARTICLES

Most Popular

Recent Comments