HomeBreakingजुवातास खेल्दै गरेका ६ जना पक्राउ

जुवातास खेल्दै गरेका ६ जना पक्राउ

पोखरा, २० फागुन ।

जुवातास खेलिरहेका ६ जनालाई कास्की प्रहरीले नगदसहित पक्राउ गरेको छ। पोखरा महानगरपालिका –८ सभागृह चोकस्थित गोपाल बस्नेतको मोटरसाइकल ग्यारेजमा जुवातास खेलिरहेका उनीहरूलाई शनिबार साँझ प्रहरीले नगदसहित पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उक्त ग्यारेजमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय वैदामबाट खटिएको प्रहरीको टोलीले बारा जिल्ला बिश्रामपुर नगरपालिका –१ घर भएका ४० वर्षीय रमेश शाह सहित ६ जनालाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरूको साथबाट १ लाख ४० हजार ४ सय ५० नेपाली रूपैयाँ र ३ हजार २ सय भारतीय रूपैयाँ बरामद गरेको छ। उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

RELATED ARTICLES

Most Popular

Recent Comments