HomeBreakingजुवातास खेल्दा खेल्दै ५ जना पक्राउ

जुवातास खेल्दा खेल्दै ५ जना पक्राउ

पोखरा, १४ मंसिर ।

पोखरा महानगरपालिका–९ शिवटोल बस्ने ३७ वर्षीय गीता लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामा समेत ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त घरमा जुवा खेलाएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरूलाई नगद २९ हजार ३ सय ४० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments