पोखरा, १३ जेठ ।
पब्लीक टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम गण्डकी छड्केले पछिल्लो ३ महिनामा गरेका ५ वटा स्टीङ अपरेशनबाट ३ जना कर्मचारीको जागिर गएको छ । पोखरा महानगरका २ र मालपोत कास्कीका १ कर्मचारीले जागीर बाट हात धुनु परेको हो । डिभिजन बन कार्यालय चितवनका १ कर्मचारी निलम्बनमा परेका छन । उनीमाथी थप छानबिन भैरहेको छ ।
त्यस्तै मालपोत कास्की र पोखरा महानगरका गरी ४ कर्मचारीलाई बिभागिय कारवाही भएको छ भने इच्छाकामना गाउँपालिकाका ३ कर्मचारी माथी अख्तियारले अनुसन्धान गरीरहेको छ । मालपोत लेखनाथको बिषयमा गरीएको रिपोटीङ सार्वजनिक भएपछी भुमि ब्यबस्था मन्त्री रञ्जीता श्रेष्ठ चौधरीले छानबिन गरी कारवाही अगाडी बढाउन बिभागका निर्देशक पद्म निधी सोतीलाई निर्देशन दिएकी थिइन । मन्त्रीको निर्देशन पछी बिभागले अहिले छानबिन गरीरहेको छ ।
यसो त अख्तियारले गण्डकी छड्केमा गरीएको ५ वटै रिपोटीङको फाइल तानेर थप अनुसन्धान गरीरहेको छ । अख्तियारले अनुसन्धान पछी थप कर्मचारी कारवाहीमा पर्ने निश्चीत छ ।
पछिल्लो तिन महिनामा गरीएका रिपोटीङ र तिनको फलोअपको समिक्षा सहित गण्डकी छड्केको नया श्रृखला सार्वजनिक भएको छ । पब्लीक टेलिभिजनमा शुक्रबार राती ९ बजे प्रसारीत कार्यक्रमको पुरा श्रृखला तलको भिडियोमा हेर्नुहोस ः
