HomeBreakingलागू औषध गाँजा सहित १ जना पक्राउ

लागू औषध गाँजा सहित १ जना पक्राउ

पोखरा, ०४ माघ ।

कास्की प्रहरीले लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १३ गौंडाको मुखका २३ वर्षीय शिशिर कुँवर छन् ।

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ ८ बजे गौंडाको मुखबाट कुँवरलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता श्रवणकुमार बिकले जानकारी दिए । उनको साथबाट ६ सय ६४ ग्राम गाँजा बरामद भएको छ ।

पक्राउ परेका कुँवरबिरुद्ध जिल्ला अदालतबाट लागूऔषधसम्बन्धी मुद्धामा १० दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments