HomeBreakingविभिन्न मुद्दामा फरार रहेका ४६ जना प्रतिवादी पक्राउ

विभिन्न मुद्दामा फरार रहेका ४६ जना प्रतिवादी पक्राउ

पोखरा, ०२ पुस ।

जिल्ला प्रहरी कार्यालय कास्कीले ४६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । मंसिर महिनामा प्रहरीले पक्राउ गरेर कैद र जरिवाना भुक्तान गराएको छ ।

अदालतले दोषी ठहर गरेपनि फरार रहेकालाई पक्राउ गरेर अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले बताए ।

उनका अनुसार सबैभन्दा धेरै चेक अनादार मुद्वामा २९ जना पक्राउ परेका छन् । सार्वजनिक स्थानमा अभद्र र जालसाझी मुद्वाका फरार ४÷४ जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

जुवा मुद्वाका ३, चोरी मुद्वाका २, दुषित तथा न्यूनस्तरको खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण, साधारण चोरी, सवारी अंगभंग र अभद्र व्यवहार मुद्वामा फरार १÷१ जना पक्राउ परेको डिएसपी विकले जानकारी दिए ।

४ महिना १६ दिन कैदान भुक्तान गराइएको उनको भनाइ छ । फरार प्रतिवादीबाट २ लाख १२ हजार २ सय रुपैयाँ जरिवाना असुल भएको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments