HomeBreakingपौडी खेल्ने क्रममा फुस्रेखोलामा डुबेर युवकको मृत्यु

पौडी खेल्ने क्रममा फुस्रेखोलामा डुबेर युवकको मृत्यु

पोखरा, ०७ साउन ।

पोखरा महानगरपालिका वडा नं. १७ पावरहाउस नजिक फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुब्दा एक जनाको मृत्यु भएको छ ।

शनिबार साँझ करिब ५ः२० बजे पोखरा ८ बगाले टोल बस्ने १६ वर्षीय विवेक कुँवर पौडी खेल्ने क्रममा बेपत्ता भएका र खोजी कार्य गर्दा राती ७ः५० बजे नजिकै खोँचमा फेला परेका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उनलाई पश्चिम क्षेत्रिय अस्पतालले मृत घोषणा गरेको थियो । पौडी खेल्ने क्रममा बेपत्ता भएका उनलाई बैदाम प्रहरी र सशस्त्र प्रहरी बल २४ नं. गणबाट गोताखोरको टोलीसमेत खोजी कार्यमा खटेको थियो ।

RELATED ARTICLES

Most Popular

Recent Comments