HomeBreakingकरेन्ट लागेर पोखरामा एक महिलाको मृत्यु

करेन्ट लागेर पोखरामा एक महिलाको मृत्यु

पोखरा, २५ साउन ।

करेन्ट लागेर पोखरा–१८, सराङकोटमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सराङकोट गोठादीकी ३० वर्षिया मेनुका बस्नेत थापा रहेको पोखर प्रहरीले जनाएको छ।

कुखुरालाई दाना दिने क्रममा करेन्ट लागेर मृत्यु भएको वडा सदस्य कल्पना कार्की ढकालले जानकारी दिइन्। थापाको पोष्टमार्टम पछि बुधवार पोखरास्थित रामघाटमा अन्तेष्टी गरिएको छ। उनका श्रीमान् तथा ११ वर्षेका छोरा र ७ वर्षकी छोरी छन्।

RELATED ARTICLES

Most Popular

Recent Comments