HomeBreakingचोरी मुद्दामा १ जना पक्राउ

चोरी मुद्दामा १ जना पक्राउ

पोखरा, ०७ फागुन ।

स्याङ्जाका प्रेम गुरुङलाई पोखरामा मोबाईल चोरी गरेको आरोपमा प्रहरीले प्रकाउ गरेको छ ।

पोखरा महानगरपालिका–९ महेन्द्रपुलस्थित मोबाइल पसलबाट चोरी गरेको आरोपमा स्याङ्जाको विरुवा गाउँपालिका–८ आरुखर्क घर भई पोखरा–१२ माटेपानी गुम्बाफेदी बस्ने २१ वर्षीय गुरुङलाई प्रहरीले प्रकाउ गरेको हो ।

गुरुङको साथबाट प्रहरीले चोरी भएको ४ थान मोबाईल आइफोन १०, आइफोन ११, सामसुङ र रेडमी मोबाईल बरामद गरेको छ ।

प्रकाउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट चोरी सम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments