पोखरा, ३१ जेठ ।
पोखराबाट नक्कली प्रोफाइल बनाई सामाजिक सञ्जालमा चरित्रहत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।
पीडित महिलाको तस्वीरमा अश्लील तस्वीरहरु जोडेर नक्कली प्रोफाइलसमेत बनाई हैरानी दिएको र चरित्रहत्या गरेको आरोपमा पर्वतको कुश्मा–१४ घर भएका राम कुमार सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।
साइबर ब्युरोको आग्रहमा कास्की प्रहरीले ४२ वर्षीय सुनारलाई पोखराबाट नियन्त्रणमा लिएको जनाएको छ ।
उनलाई ६ दिन म्याद थप गरि अनुसन्धान अघि बढाइएको पनि प्रहरीले जानकारी दिएको छ ।
