HomeBreakingम्याग्दीमा पर्यटक सवार बस दुर्घटना हुँदा ४ जना घाइते

म्याग्दीमा पर्यटक सवार बस दुर्घटना हुँदा ४ जना घाइते

म्याग्दी, ०१ वैशाख ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ तिप्ल्याङमा शुक्रबार बिहान १० बजे पर्यटक सवार यात्रुवाहक बस दुर्घटना भएको छ ।

बस दुर्घटना हुँदा ४ जना घाइते भएका हुन् । काठमाडौँदेखि पर्यटक लिएर मुस्ताङ हिंडेको बा ३ ख ९६४७ नम्बरको बस म्याग्दीको तिप्ल्याङमा दुर्घटना हुँदा ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताउनुभएको हो ।

घाइते भएका ४ जनालाई उपचारका लागि अन्नपूर्ण गाउँपालिकाको गाडीमा राखेर उपचारका लागि बेनी अस्पतालमा लगिएको उहाँले बताउनुभयो । बसमा २१ जना यात्रु एक चालक र एक सहचालक गरी जम्मा २३ जना सवार रहेको उहाँले बताउनुभयो । अहिले घटनास्थलमा प्रहरी टोली पुगेको प्रहरी नायव उपरीक्षक कुवँरले बताउनुभयो ।

अन्य यात्रु सकुशल रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

RELATED ARTICLES

Most Popular

Recent Comments