पोखरा, २४ फागुन ।
पर्वत, फलेवास नगरपालिका–११ पाङराङस्थित कर्नासको जंगलबाट भरूवा बन्दुक १ थानसहित सोही नगरपालिका–११ पाङराङस्थित बाटोको लेवर काम गर्ने धादिङ रोराङ गाउँपालिका–६ घर भएका २७ वर्षीय सुजन तामाङ समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी बाच्छाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
