पोखरा, ०१ वैशाख ।
पोखराको विन्दवासिनीवाट एक जना बालक हराएका छन् । नुवाकोट दुत्वेश्वर गाउँपालिका वडा नं. २ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. २ विन्दवानिी बस्ने शुसिलकुमार विश्वकर्माका ९ वर्षिय छोरा राजन सुनार गत चैत्त २३ गतेदेखि हराएका हुन् ।

२३ गते आमाले मोबाईल हेर्दै बस्नु भनेर काममा गएकोमा आउँदा छोरा घरमा नभएको परिवारले जनाएका छन् । गहुँगोरो वर्ण, उचाई अन्दाजी ३ फिट ५ ईन्च, पातलो शरीर भएका बालक अहिले सम्म पनि सम्पर्कमा नआएकोले परिवारले खोजीदिन आग्रह गरेका छन् ।
बालकलाई देख्नुहुने र भेट्नुहुनेले बालकका बुवा शुसीलकुमार विश्वकर्मालाई ९८२०६२९९१५ मा वा नजिककैको प्रहरी कार्यालयमा गएर खबर गरिदिन अनुरोध गरेको छ ।
