HomeBreakingबाल बिवाह मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ

बाल बिवाह मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ

पोखरा, १८ फागुन ।

जिल्ला अदालत कास्कीले बाल विवाह मुद्धामा ३ महिना कैद सुनाइएका बुद्धिसरा र बिनितालाई प्रहरीले १ वर्षपछि प्रकाउ गरेको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–१ बस्ने सरस्वती वि.क भन्ने बुद्धिसर विक र बिनिता विकलाई जिल्ला अदालत कास्कीले ०७९ फागुन २५ गते ३ महिना कैद, २५ सय जरिवाना र पिडित राहत कोषमा २ सय जरिवाना फैसला गरेको थियो ।

अदालतको फैसला अनुसार २ महिना १८ दिन कैद सजाय र २५ सय जरिवाना र पिडित राहत कोषमा २ सय रुपैयाँ भुक्तान गर्न बाँकी रहेका बुद्धिसरा र बिनितालाई प्रहरीले हिजो (बुधबार)पोखराको हरिचोकबाट प्रकाउ गरेको हो ।

RELATED ARTICLES

Most Popular

Recent Comments