HomeBreakingबैदेशिक रोजगारले निम्त्याएको बिच बाटोको लफडा (भिडियो)

बैदेशिक रोजगारले निम्त्याएको बिच बाटोको लफडा (भिडियो)

पोखरा, ०८ बैशाख ।

बैदेशिक रोजगारको लागी सर्बिया पठाउने भन्दै रकम उठाएकी पोखराकी उजेली तिमिल्सेनालाई रकम बुझाएका दर्जनौ युवा युवतीहरुले बाटो छेकेका छन । तोकिएको समयमा नपठाएको र सम्पर्क बिहीन भएको भन्दै पिडितले उजेलीलाई खोज्न थालेका थिए ।

पोखरा बिन्दुवासीनी मन्दीर नजिक भटीएकी उजेलीले बिदेश पठाएरै छोड्न दाबी गर्न भने छोडिनन । दर्जनौ युवाहरु संग उठाएको रकम आफुले पनी ‘माथी’ बुझाएको उनको जिकीर छ । यद्यपी उनले पिडितहरुको एकमुष्ठ रकम सहीतको चेक भने काटीदिएकी छिन ।

टेलिभिजन कार्यक्रम गण्डकी छड्केको यस हप्ताको श्रृखलामा यही बिषयमा रिपोटीङ गरीएको छ । सोही श्रृखलामा अन्नपुर्ण गाउँपालिका, वडा नं ४, सल्यानको एक बाटो निर्माणमा भएको गुणस्तरहिन कामको बिषय समेत समेटीएको छ । जहाँ प्रश्न उठेपछी गाउँपालिकाका इन्जीनियरले निर्माण कार्यको इष्टीमेट लुकाएका छन ।

पब्लीक टेलिभिजनमा शुक्रबार राती ९ बजे प्रसारीत कार्यक्रमको पुरा श्रृखला तलको भिडियोमा हेनुृहोस

RELATED ARTICLES

Most Popular

Recent Comments