HomeBreakingचितुवाको आक्रमणबाट बालिका घाइते

चितुवाको आक्रमणबाट बालिका घाइते

तनहुँ, २८ असोज ।

आँगनमा खेलिरहेको समयमा चितुवाले आक्रमण गर्दा तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीमा एक बालिका घाइते भएकी छन् ।

चितुवाको आक्रमण परी स्थानीय प्रेम गौलीकी ६ वर्षीया छोरी प्रनिशा गौली घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चितुवाले आक्रमण गरी घरदेखि अन्दाजी १० मिटर पर लगेको अवस्थमा बाबुले थाहा पाई तत्कालै उद्धार गरेका थिए । घाइते बालिकालाई तत्कालै प्राथमिक स्वास्थ्य केन्द्र सत्र सय लगिएको र त्यहाँबाट थप उपचारका लागि चितवनस्थित नयाँ मेडिकल कलेज पठाइएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

RELATED ARTICLES

Most Popular

Recent Comments